site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
थापाथलीमा एक्सपेङको फ्ल्यागसिप शो रुमको उद्घाटन, जी६ इलेक्ट्रिक एसयूभीको लन्च 

काठमाडौं । अटोमोबाइल ब्रान्ड एक्सपेङको आधिकारिक विक्रेता सीजी मोटर्सले शनिबार काठमाडौंको थापाथलीमा फ्ल्यागसिप शो रुमको उद्घाटन गरेको छ । चिनियाँ दूतावासका साथै एक्सपेङका प्रतिनिधिको उपस्थितिमा उक्त शो रुमको उद्घाटन गरिएको हो ।

एक्सपेङ मोटर्सका उपाध्यक्ष डा. ब्रायन गूले यो ब्रान्डमा भरपुर रूपमा एआईको प्रयोग गरिएको जानकारी दिए । उनले यो ब्रान्ड ईभीमध्येकै गुणस्तरीय भएको बताए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सले विश्वमा चर्चित ब्रान्डका गाडी बिक्री गर्दै आएको बताए ।

Dabur Nepal
NIC Asia

g2-1731160353.jpg
यो फ्ल्यागसिप शो रुमको उद्घाटन र जी६ अल्ट्रा स्मार्ट कोप एसयूभी मोडलको लन्चसँगै एक्सपेङले लिडिङ द फ्युचर अफ एआई मोबिलिटी ब्रान्ड भिजन राखेको छ । एक्सपेङले अत्याधुनिक एआई–संयुक्त गाडीहरू विश्वभरि ल्याइसकेको जनाएको छ ।

योसँगै ३० भन्दा बढी देशमा यो गाडीको उपस्थित भइसकेको बताइएको छ । यसका साथै विश्व अटोमोटिभ क्षेत्रमा अग्रणी फोल्क्सवागन ग्रुपले एक्सपेङको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको छ ।

शो रुम उद्घाटन कार्यक्रममा सीजीएमले पहिलो चरणका ग्राहकलाई २५ जी६ गाडी हस्तान्तरण पनि गरेको छ । जी६ मोडललाई विश्वको सबैभन्दा सख्त सुरक्षा परीक्षण ई–एनकेपमा पाँच स्टार रेटिङ प्राप्त छ ।

यसका साथै एक्सपेङ जी६ मा स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.०, ओटीए अपडेट, एक्सओएस अपरेटिङ सिस्टम र ८००४ सुपर–फास्ट चार्जिङ प्रणाली समावेश छ ।

g3-1731160371.jpg
यसको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन्, जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ । त्यसले ४३५ किलोमिटरको रेन्ज दिने बताइएको छ ।

देशभरि २० भन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत उपलब्ध गराइरहेको एक्सपेङ सीजीएमको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको ब्रान्ड हो । सीजीएमले यो वर्षभित्रै ४० स्थानमा सेवा केन्द्रका साथै २४४ भन्दा बढी स्थानको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्ट थप्ने राखेको योजना बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro