site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परिणाममुखी काम गर्न प्रतिबद्ध छु : स्वास्थ्यमन्त्री
Tiktok banner adTiktok banner ad

तनहुँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब आफू परिणाममुखी काम गर्ने गरी खटिइरहेको बताएका हुन् ।

मन्त्री पौडेलले भने, “आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ, अब त्यसलाई सूक्ष्म ढंगबाट कार्यान्वयन गर्नेतर्फ अगाडि बढेका छौँ ।” एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा सरकारले काम गर्ने उनको भनाइ थियो । 

अर्को प्रसंगमा मन्त्री पौडेलले पुराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गरे । उनले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहारबीचमा तालमेल नमिल्दा समस्या भइरहेको धारणा राखे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro