site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यी हुन् एमाले सचिवालय बैठकका निर्णय

काठमाडौं । नेकपा (एमाले)ले वर्तमान सरकारले चार महिनामा ठिक ढंगले काम गरेको निष्कर्ष निकालेको छ । शनिबार च्यासलमा बसेको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

दुई राजनीतिक दलबीचको सम्बन्धलाई थप प्रगाढ र कामलाई अझै प्रभावकारी बनाउन संयन्त्र समेत बनाइएको अवस्थामा विश्वासको वातावरण सुदृढ बनाउँदै लैजानुपर्नेमा बैठकमा जोड दिइएको उनले बताए ।

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि बैठकमा छलफल गरिएको ज्ञवालीले जानकारी दिए ।

आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका निम्ति सिफारिस भएर आएका पार्टी उमेदवारको नाम एमाले सचिवालय बैठकबाट अनुमोदन समेत गरिएको छ ।

उपनिर्वाचनमा एमालेको विजयका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन पार्टीका नेता–कार्यकर्तालाई बैठकबाट आह्वान गरिएको ज्ञवालीले बताए ।

जापान भ्रमणका विषयमा विवाद भएपछि पदबाट राजीनामा दिएका कोसी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीमाथि छानबिन गर्न सघाउने निर्णय पनि सचिवालय बैठकबाट गरिएको ज्ञवालीले जानकारी दिए ।

एमाले कोसी प्रदेश कमिटीले शनिबार नै मानव तस्करीका आरोपित अधिकारीमाथि छानबिन गर्न माग गर्दै सत्यतथ्य पत्ता नलाग्दासम्म पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro