site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टीआईए कप अन्तरविद्यालय बास्केटबल आगामी सोमबारदेखि

काठमाडौं । ठङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए)को आयोजनामा टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज, गर्ल्स र स्टाफ गरी तीन विधा समावेश गरिएको छ । 

सियिनर ब्वाइज र गर्ल्स फुल कोर्ट तथा स्टाफतर्फ भने थ्री बाई थ्रीमा प्रतिस्पर्धा हुने छ । 

Dabur Nepal
NIC Asia

बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडास्थित टीआईएकै कोर्टमा हुने प्रतियोगितामा सियनर ब्वाइज र गर्ल्समा समान १६ तथा स्टाफमा १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क चार हजार ५०० रुपैयाँ तोकिएको थियो ।

TIA-Cupp-1731062019.jpg
प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट चार लाख ५० हजार रहको आयोजकको अनुमान छ । 

टीआईएका प्रधानाध्यापक उत्ताराज थापाले विद्यालयबीचको आपसी सम्बन्ध मजबुद होस् र खेलाडीको क्षमतामा वृद्धि होसन् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिन लागेको बताए ।

“हाम्रो मुख्य उद्देश्य भनेको विद्यालयबीचको सम्बन्ध मजबुद बनाउने र खेलाडीको क्षमतालाई बाहिर ल्याउने हो । टीआईएकै उत्पादन अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका छन्,” थापाले भने, “यो प्रतियोगिताले पनि नेपाली बास्केटबलको विकासमा थोरै भए पनि सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro