site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क दोब्बर, कुनको कति ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ गर्दा दोब्बर शुल्क लाग्न थालेको छ । विमानस्थलमा जाने सवारीधनीले अहिले यसअघिको भन्दा दोब्बर शुल्क तिरिरहेका छन् ।

अहिले विमानस्थलमा मोटरसाइकल, स्कुटरलगायत दुईपांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिरिरहेका छन् । यसअघि, दुईपांग्रे सवारीले प्रतिघण्टा २० रुपैयाँ तिर्नुपर्थ्यो ।

TIA-Parkinggg-1731058848.jpg
यस्तै, कार, जिपलगायत चारपांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा ८० रुपैयाँ पुगेको छ । यसअघि, यी सवारीधनीले ४० रुपैयाँ तिर्नुपर्थ्यो ।

यस्तै, माइक्रोबस, ट्याम्पोलगायत सवारीको १०० रुपैयाँ र गह्रौँ सवारीको १५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro