site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एलन मस्कको भविष्यवाणी– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो आगामी चुनावमा हार्छन्

काठमाडौं । टेस्लाका मालिक तथा अमेरिकी बिलिनियर एलन मस्कले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो आगामी निर्वाचनमा पराजित हुने भविष्यवाणी गरेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार, जर्मनीमा सरकारको पतनपछि एक प्रयोगकर्ताले क्यानडालाई ट्रुडोबाट छुटकारा पाउन मस्कको सहयोग आवश्यक रहेको पोस्ट गरेका थिए । यसबारे मस्कले एक्समा क्यानडामा हुने आगामी चुनावमा ट्रुडो आफैँ हार्ने बताएका हुन् ।

मस्कले जर्मनीमा सरकारको पतनलाई लिएर चान्सलर स्कोल्जको खिल्ली उडाएका छन् । उनले स्कोल्जलाई 'मूर्ख' भनेका छन् ।

 

 

क्यानडामा आगामी सन् २०२५ को अक्टोबरमा चुनाव हुने अपेक्षा गरिएको छ । ट्रुडो सन् २०१५ देखि सत्तामा छन् । ट्रुडोको पार्टीले २०१९ र २०२१ मा बहुमत हासिल गर्न सकेन । उनी अर्को पार्टीको समर्थनमा सरकारमा छन् । गत सेप्टेम्बरमा जगमीत सिंहको एनडीपी पार्टीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसयता ट्रुडोले अल्पमतको सरकार चलाउँदै आएका छन् ।

आगामी चुनावमा ट्रुडोको लिबरल पार्टीले कन्जरभेटिभ पार्टी, न्यू डेमोक्रेटिक पार्टी, ब्लक क्युब कोइन्स र ग्रिन पार्टीसँग पनि प्रतिस्पर्धा गर्नेछ ।

बीबीसीका अनुसार, विगत केही वर्षयता क्यानडाका जनतामा मुद्रास्फीति र आवाससम्बन्धी समस्यालाई लिएर निराशा बढेको छ । ट्रुडोको लिबरल पार्टीको लोकप्रियता लगातार घटिरहेको छ ।

हिन्दुस्तान टाइम्सबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro