site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार हप्तामा ‘१२ गाउँ’को ग्रसकलेक्सन साढे २५ करोड

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ले साढे २५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चार हप्तामा यो चलचित्रले २५ करोड ५० लाख ग्रसकलेक्सन गरेको हो । 

निर्माणपक्षले ‘१२ गाउँ’ पाँचौं हप्तामा प्रवेश गरेको अवसरमा चार हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । आजबाट यो चलचित्र प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको छ । 

यो चलचित्र दसैँको अवसर पारेर फूलपातीका दिन रिलिज भएको थियो । 

‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । ‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् ।

सिनेमामा बिराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ । 

बिराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा बिराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro