site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन व्यवसायी राईविरुद्ध दोहोरो पासपोर्ट प्रयोगबारे अनुसन्धान गर्दै सीआईबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन व्यवसायी एक महिलामाथि दोहोरो नागरिकता र पासपोर्ट दुरुपयोग गरेकोबारे अनुसन्धान थालेको छ ।

सुनसरीकी ५० वर्षीया लक्ष्मी राईमाथि सीआईबीले अनुसन्धान थालेको हो । लन्डन पुगेकी लक्ष्मीले नेपालको नागरिकता नत्यागी त्यहाँको पासपोर्ट प्रयोग गरेको खुलेपछि उनीमाथि अनुसन्धान थालिएको सीआईबी स्रोतले जानकारी दिएकाे छ ।

स्रोतले भन्यो, “लक्ष्मीले पासपोर्ट दुरुपयोग गरेको सूचना पाएपछि हामीले अनुसन्धान गरिरहेका छौँ । नेपाली नागरिकता नै नत्यागी लन्डनको पासपोर्ट प्रयोग गरेको देखिएको छ । हामी अनुसन्धानमै छौँ,” ती अधिकारीले भने ।

हाल उनी भने लन्डनमै रहेको सीआईबीले जनाएको छ । प्रहरीका अनुसार ०७११३०३४ नम्बरको नेपाली पासपोर्ट लिएकी राईले ५१९११८२२० नम्बरको लन्डनको पासपोर्ट लिएको खुलेको छ । उनको दुवै देशको नागरिकता सक्रिय देखिएको छ ।

नेपालको कानुनअनुसार नेपाली नागरिकता त्याग नगरी दोस्रो मुलुककाे पासपोर्ट प्रयोग गर्नु गैरकानुनी मानिन्छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro