site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कार अभियोगमा १२ वर्ष जेल सजाय तोकिएका युवक प्रहरीको फन्दामा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ०७६ असोज २९ गते साँझ करिब साढे ७ बजे । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ की ११ वर्षीया कविता कार्की (नाम परिवर्तन) घरनजिकैको पसलमा लाइटर किन्न निस्किइन् ।

बाहिर मानिसको खासै चहलपहल थिएन । सुनसान भइसकेको थियो । तर, परिवारको आग्रहमा उनी लाइटर किन्न पसलतिर हिँडिन् । सधैँ जाने–आउने पसल भएकाले उनले अप्ठ्यारो मानिनन् ।

उनी दौडिँदै लाइटर किन्न पसल पुगिन् । र, लाइटर किनेर सरासर घर फर्कंदै थिइन् । त्यही बेला उनले कल्पना समेत नगरेको दुर्घटना भोग्न बाध्य भइन् । छिमेकी १७ वर्षीय कमल विक (नाम परिवर्तन)ले उनको बलात्कार गरे ।

लाइटर किन्न पसल पठाएकी छोरी बीचबाटोमा बलात्कृत भएको थाहा पाएपछि पीडित परिवार प्रहरीकहाँ पुग्यो । प्रहरीले बलात्कार आरोपमा बालक १७ वर्षीय कमल विकलाई पक्राउ गर्‍यो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानपछि अर्घाखाँची जिल्ला अदालतले उनलाई पुर्पक्षका निम्ति थुनामा पठायो । तर, पाँच महिना १८ दिन बाल सुधारगृहमा बसेपछि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले विकलाई थुनामुक्त गर्ने आदेश गर्‍यो । उनी थुनामुक्त भए ।

तर, अर्घाखाँची जिल्ला अदालतले अन्तिम फैसला गर्दै विकलाई १२ वर्ष कैद सजाय निर्धारण गर्‍यो । घटनाको समयमा १७ वर्षीय नाबालिग रहेका विक हाल २२ वर्षीय युवक भइसकेका छन् ।

उनी थुनामुक्त भएसँगै फरार थिए । गएको मंगलबार अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । ०७७ फागुन २ गते अर्घाखाँची जिल्ला अदालतले उनलाई १२ वर्ष कैद सजाय तोकेको थियो ।

विक यसअघि पाँच महिना १८ दिन थुनामा बसिसकेका छन् । अब उनले थप ११ वर्ष ६ महिना जेल सजाय भोग्नुपर्ने भएको छ ।

जिल्ला अदालको फैसलालगत्तै फरार रहेका विकलाई विशेष सूचनाको आधारमा छत्रदेव गाउँपालिका–४, गौरीपिपलबाट पक्राउ गरिएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

विकलाई बुधबार अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।

घटनाका बेला उनी नाबालिग नै भएका कारण थुनाका निम्ति बाल सुधारगृह भैरहवामा पठाइएको छ । पीडित र पीडक दुवै नाबालिग भएकाले प्रहरीले उनीहरूको पहिचान गोप्य राखेको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro