राजनीति
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उमेदवारका लागि नेकपा (एमाले)मा तीनजनाको नाम सिफारिस गरिएको छ ।
आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटीले तीनजनाको नाम प्रदेशमा सिफारिस गरेको हो ।
तुलसी विश्वासी, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम जिल्लाबाट सिफारिस भएर आएको एमाले कोसी प्रदेश उपसचिव देवान राइले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१ ११:४१
प्रतिक्रिया दिनुहोस्