site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुआत 
Tiktok banner adTiktok banner ad

काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई) को द सेभेन रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध ६७ रनको सहज जित निकालेको हो ।

नेपालले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा ३५ रनमै समेटियो । 

थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाइन् । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचनाकुमारी चौधरीले चार विकेट लिइन् । यस्तै, कप्तान पूजा महतो र रिया शर्माले समान दुई विकेट लिए । करिस्मा गुरुङ र मनिषाकुमारी उपाध्यायको नाममा समान एक विकेट रह्यो । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि पूजा महतोले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ३५ रन बनाइन् । यसैगरी, सीमाना केसीले अविजित १९ र सोनी पाख्रिनले १९ रन बनाइन् ।

थाइल्यान्डका लागि चारुकन साइमाले दुई र सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro