site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शुल्क नबढाए नपढाउने अडानमा निजी कलेज, आयोग भन्छ– सरकारीमै सिट थप्न सकिन्छ 

काठमाडौं । निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षाको पोष्ट ग्राजुएट (पीजी) तहको कार्यक्रम पढाउने/नपढाउने भन्ने विषय अझै टुंगो लागेको छैन । सरकारको सर्तअनुसार पढाउन अहिलेको शुल्क वृद्धि गर्नुपर्ने अडान निजी कलेजहरूले राखेपछि यो विषय अन्योलमा छ । 

पीजी कार्यक्रमका निम्ति प्रवेश परीक्षा गर्न एक महिना बाँकी रहँदा चिकित्सा शिक्षा आयोगले पनि निजीलाई सिट दिने वा नदिनेबारे निर्णय लिन सकेको छैन । 

अहिलेकै शुल्कमा पढाउन निजी कलेजहरू किन असहमत ? 
चिकित्सा शिक्षा आयोगले पीजी अध्ययन गर्ने चिकित्सकलाई आठौँ तहका चिकित्सक बराबर निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेपछि निजी कलेजहरू असन्तुष्ट बनेका हुन् । 

Dabur Nepal
NIC Asia

आयोगले तोकेको पारिश्रमिक मासिक ४८ हजार ७३७ रुपैयाँ हुन आउँछ । सरकारी अस्पतालमा काम गर्ने आवासीय चिकित्सकले अहिले यही भत्ता पाइरहेका छन् । निजी अस्पतालमा यो भत्ता अस्पतालअनुसार फरक फरक छ । 

मासिक २० देखि २५ हजार रुपैयाँ मात्रै निर्वाह भत्ता पाइरहेको निजीमा कार्यरत आवासीय चिकित्सकहरू बताउँछन् । 

निजी मेडिकल कलेजमा तीन वर्षे पीजी कार्यक्रम अध्ययनका निम्ति २२ लाख रुपैयाँ शुल्क लिँदै आएका छन् । यही शुल्क लिएर आयोगले तोकेको ४८ हजार भत्ता दिन नसक्ने निजी कलेजहरूको अडान छ । 

एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले गएको भदौ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अहिलेकै शुल्कमा सरकारले तोकेको भत्ता दिन नसक्ने र शुल्क वृद्धि गर्नुपर्ने भन्दै प्रस्ताव बुझाएको थियो । एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कलेजले तीन वर्षमा लिने शुल्कभन्दा बढी विद्यार्थीलाई नै फिर्ता गनुपर्ने भएपछि पीजी कार्यक्रम चलाउने वातावरण नभएको बताउँछन् । 

उनका अनुसार तीन वर्षे पीजी कार्यक्रमका लागि विद्यार्थीसँग लिएको २२ लाख ९० रुपैयाँ शुल्कबाट सात लाख रुपैयाँ निर्वाह भत्तामा खर्च हुन्छ । यसबाहेक विश्वविद्यालयलाई बुझाउने साढे तीन लाख, उनीहरूको सिकाइमा भएको खर्च, प्रोफेसरहरूको तलब सुविधालगायत खर्च हुने हुँदा मासिक ४८ हजार भत्ता दिन नसक्ने अवस्था छ । 

आयोगले तोकेको भत्ता दिएर पीजी कार्यक्रम सञ्चालन गर्न अध्यापन शुल्क बढाउनुपर्ने निजी कलेजहरूको स्पष्ट माग छ । चिकित्सा शिक्षा आयोगले तीन कार्यक्रममा गरी पीजी तहका निम्ति निजी मेडिकल कलेजलाई ७०० को हाराहारीमा छुट्याउँदै आएको छ । 

एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका जेनेरल सेक्रेटरी भीमबहादुर चन्द आयोगले निजी कलेजका माग पूरा गरेमा पीजी अध्यापन गराउने स्पष्ट पार्छन् । 

“हामीले पीजी नपढाउने भनेका होइनौँ, आयोगले हाम्रा माग सम्बोधन गरे हुन्थ्यो मात्रै भनेका हौँ, अहिलेसम्म आयोगले पनि यसमा सम्बोधन गरेन त्यसैले हामी पनि ठोस निर्णयमा पुगेका छैनौँ,” चन्दले बाह्रखरीसित भने । 

शुल्क बढाउने पक्षमा छैन आयोग 
निजी पीजीका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरूले चिकित्सा शिक्षा आयोगसँग विषयगत रूपमा सिट संख्या माग गर्नुपर्नेमा यसपटक कुनै निजी कलेजले आवेदन दिएका छैनन् । डिसेम्बर अन्तिम साता पीजी कार्यक्रमका निम्ति प्रवेश परीक्षा तालिका छ । 

शुल्क परिमार्जनका सम्बन्धमा एकपटकको बैठकमा छलफल गरे पनि तत्काल शुल्क बढाउने पक्षमा आयोग छैन । आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झा पीजी पढाउदिन भन्ने कलेजलाई कर लगाउन नमिल्ने बताउँछन् । 

निजी कलेजले पढाउँदै आएका करिब ७०० विद्यार्थीबारे आयोगले विकल्पमा समेत छलफल गरेको छ । “प्रवेश परीक्षा आउने बेलासम्म अहिले पढाइरहेका कलेज र  सरकारी प्रतिष्ठानहरूमा पनि सिट थप्ने तथा नयाँ कक्षा सञ्चालन गर्नेबारे फिजिबिलिटी अध्ययन गर्दैछौँ, आयोगका मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक डा. सुदीप आचार्यले भने । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro