site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारलाई प्रभावकारी बनाउन कांगेस–एमालेले गठन गरे संयन्त्र
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले तीनै तहका सरकार सञ्चालनमा सहजीकरण गर्ने गरी संयन्त्र गठन गरेका छन् ।

दुई दलका तर्फबाट चार–चारजना सदस्य रहने गरी गत सोमबार गठन गरिएको संयन्त्रलाई संघीय सरकार सञ्चालनमा समन्वय गर्ने जिम्मेवारी दिइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखक सदस्य छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल सदस्य छन् ।

गौतमका अनुसार, सरकारलाई व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्रले काम गर्ने छ ।

Royal Enfield Island Ad

प्रदेशमा पनि दुवै दलका तीन–तीनजना सदस्य रहने गरी ६ सदस्यीय संयन्त्र गठन गरिने छ । दुई दलबीच जिल्ला तहमा समेत दुई–दुईजना सदस्य रहने गरी संयन्त्र बनाउने समझदारी भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १७:३०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro