site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वन्यजन्तु अवलोकन गर्दै गल्फ खेल्न सकिने विश्वकै एक उत्कृष्ट रिसोर्ट गोकर्ण फरेस्ट 
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको केन्द्रबाट पूर्वतिर २५ मिनेटको ड्राइभमा पुगिन्छ गोकर्ण फरेस्ट रिसोर्ट । 

४७० एकड क्षेत्रफलको यो फाइभस्टार रिसोर्टभित्र संरक्षित जंगल पनि छ । जहाँ जंगली जनावरको मोहक गतिविधि अवलोकन गर्न पाइन्छ । कुनै समय राजपरिवारको शिकार गर्ने थलोका रुपमा रहेको यो क्षेत्रलाई भाडामा लिइएको रिसोर्टका निर्देशक दिपक आचार्यले बताए । 

भाडामा लिनलाई एउटा शर्त थियो– कम्तिमा पनि १०० कोठाको एउटा होटल बनाउनुपर्ने हुन्छ ।

सन् १९९९ देखि नै यहाँ गल्फ कोर्स थियो । ‘१८ होलको सेटअप’ भएको गल्फ कोर्स ६ हजार ७५५ यार्डमा फैलिएको छ । यो गल्फ कोर्स नै गोकर्ण फरेस्ट रिसोर्टको ताज हो भन्छन् आचार्य । आचार्यको नजरमा यहाँको प्राकृतिक सुन्दरता क्यालिफोर्नियाको समुन्द्री तटमा रहेको पेबल बिच गल्फ कोर्सजस्तै छ ।

“गल्फ कोर्सको विशिष्टताले मलाई सधैं प्रेरित गर्छ । म संसारका कम्तिमा पनि २ सय देखि २ सय ५० वटा गल्फ कोर्समा पुगेको छु,” आचार्य भन्छन्, “मैले गत डिसेम्बरमा पेबल बिचको गल्फ कोर्समा पनि गल्फ खेलेँ । त्यो गल्फ कोर्स अद्भुत राम्रो छ, समुद्र झनै राम्रो छ, तर, गोकर्णको पनि आफ्नै खालको विशिष्ट सुन्दरता छ ।”

काठमाडौं उपत्यकाको पहाडी र हिमशृङ्खलाको दृश्यावलोकनका लागि रिसोर्ट उपयुक्त स्थल हो । स्पा, दुईवटा रेष्टुरेन्ट र बारसहितको यो रिसोर्टबाट यहाँको प्राकृतिक सौन्दर्यसँगै जंगली जनावरको मोहक दृश्यावलोकन गर्ने अवसर पाइन्छ ।

गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा जतिखेर पनि देखिन सक्छन् यहाँ रहेका ४ सय बढी हरिण÷मृग । आचार्यका अनुसार नेपालमा चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोनका लागि मुख्य केन्द्र भए पनि गोकर्ण रिसोर्ट हरिण/मृग हेर्नका लागि सबैभन्दा उत्कृष्ट ठाउँ हो ।

गल्फ कोर्सलाई हरियो बनाइराख्ने टिमका लागि मृग/हरिण टाउको दुखाइको विषय भए पनि आचार्य भने त्यो सहन सक्षम छन् ।

उनी भन्छन्, “यो गल्फ कोर्स हरदम तम्तयार राख्नका लागि सबैभन्दा ठूलो चुनौती नै मृग÷हरिण हुन् । किनभने उनीहरु हरियो घाँसमाथि दौडेर गल्फ कोर्स बिगार्छन् । तर, तपाईंले सुन्दरताको मूल्य त चुकाउनुपर्छ । म त्यो सुन्दरता(हरिण/मृग)लाई टाढा पु¥याउनेगरी पर्खाल लगाउन चाहन्न ।”

यद्यपी गल्फ कोर्सको मर्मत गर्ने र कोर्सलाई हरियो बनाइराख्ने कर्मचारीका लागि भने यो तनाव नै हो ।

चितुवाले शिकार गरेर यहाँका हरिण÷मृगको संख्या स्थिर राख्न मद्दत गर्छन् । रिसोर्टको ‘गाइडेड कार्ट टुर’मा भाग्यमानी पाहुनाले चितुवा पनि देख्न पाउँछन् । यो टुर रिसोर्टभित्रको १ सय ४० एकड क्षेत्रफलमा हुन्छ ।

रिसोर्टभित्रको जंगलका प्रायःजसो रुखका हाँगामा बाँदर र ६० प्रजातिका चरा हुन्छन् । रिसोर्टमा ‘वर्ड वाचिगं टुर’ सबैभन्दा लोकप्रिय गतिविधि हो । यसबाहेक यहाँबाट गाइडसहित गाउँ, गोकर्णेश्वर महादेव मन्दिर जस्तो ऐतिहासिक मन्दिर हुँदै हाइकिङ्गको पनि सुविधा छ । सीएनएनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro