site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरको नाम फेर्ने काठमाडौं महानगरको तयारी 

काठमाडौं । माइतीघरको नाम फेर्दै काठमाडौं महानगर मौलिक नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने भएको छ । महानगरले काठमाडौं उपत्यकाकै सांस्कृतिक महत्व झल्काउने नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने बताएको हो ।

महानगरभित्रका मौलिक सांस्कृतिक नाम पुनःस्थापना गर्ने अभियानअन्र्तगत महानगरले नाम फेर्न लागेको बताएको छ । “स्थान नाम परियोजनाअन्र्तगत महानगरभित्रका सांस्कृतिक, पुरातात्वतिक र ऐतिहासिक महत्वका मौलिक नामहरु पुनःस्थापना गर्ने तयारी भएको छ,” मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंले भने ।

maitee-1730882054.jpg
 

माइतीघर फिल्म निर्माणका बेला कार्यालय रहेका कारण यो ठाउँको चलनचल्तीको नाम माइतीघर रहन गएको हो । 

२०५७ मा भएको ११औंमा सार्क शिखर सम्मेलनका लागि मण्डला बनाइयो । सँगै माइतीघर पछाडि मण्डला जोडियो । काठमाडौंका तत्कालीन मेयर केशव स्थापितले यो क्षेत्रमा रहेका साना टहरा हटाएर मण्डला बनाउन लगाएका थिए ।

maitighar-(2)-1730881004.jpg
 

उपत्यकाका नेवारी भाषी समुदायले भने माइतीघर मण्डलालाई ‘फिब्वःख्यः’ भन्ने गर्छन् । माइतीघरमा पहिले बालुवाका साना ढिस्का हुने गर्थे । बालुवाका ढिस्कालाई नेपाल भाषामा ‘फिब्व’ भनिन्छ । नजिकै भद्रकालीमा रहेको सेनाको ब्यारेकभित्र नेवार समुदायले पुजाअर्चना गर्ने ‘फिब्वः अजिमा’को मन्दिर छ । यही कारण माइतीघरलाई अजिमाको चौर भन्ने अर्थमा ‘फिब्वःख्यः’ भन्ने गरिन्छ ।

maitighar-(3)-1730881005.jpg
 

महानगरले माइतीघरमा फिब्वः अजिमाको चित्र पनि बनाउने बताएको छ । माइतीघरको सडक पर्खालमा उक्त चित्र बनाउन लागिएको महानगरले बताएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro