site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इतिहासमै पहिलोपटक साउदी अरबको मरुभूमिमा कसरी भयो भारी हिमपात ?

काठमाडौं । साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको छ । देशको अल–जाफ मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको । भारी वर्षा र असिनापछि हिमपात भएको हो । यसलाई यस क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ ।

हिमपातपछि अल–जाफ मरुभूमि आश्चर्यजनकरूपमा जाडो भूमिमा परिणत भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार, यसअघि अल–जाफमा हिमपात भएको कहिल्यै देखिएको थिएन । साउदीको यस घटनाले मौसमविद्हरू नै आश्चर्यमा परेका छन् ।

साउदी अरेबियाले गत हप्तादेखि असामान्य मौसमको सामना गरिरहेको छ । गत बुधबार अल–जाफका केही भागमा भारी वर्षा र असिनाले क्षति पुर्‍याएको थियो । त्यसपछि उत्तरी सीमा, रियाद र मक्का क्षेत्रमा पनि पानी परेको थियो ।

Dabur Nepal
NIC Asia

मौसममा आएको परिवर्तनका कारण ताबुक र अल बाह क्षेत्र पनि प्रभावित भएका छन् । सोमबारमात्र अल जुफको पहाडी क्षेत्रमा हिमपात भएको छ । यहाँ परेको हिउँको तस्बिरले सामाजिक सञ्जालमा मानिसको ध्यान तानेको छ ।

यूएईको नेसनल सेन्टर अफ मेटियोरोलोजी (एनसीएम)ले अरब सागरदेखि ओमानसम्म फैलिएको न्यून चापीय प्रणालीका कारण असामान्य असिना परेको जनाएको छ । यसले यस क्षेत्रमा आर्द्रताले भरिएको हावा ल्यायो, जुन सामान्यतया सुख्खा हुन्छ । जसका कारण साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) मा मेघगर्जन, असिना र वर्षा भइरहेको छ । 

कसरी भयो मरुभूमिमा हिमपात ?

साउदी अरबमा हिमपात दुर्लभ हो । तर, देशको मौसम बर्सौंदेखि परिवर्तन भइरहेको छ । केही वर्षअघि जलमग्न सहारा मरुभूमिमा तापक्रममा नाटकीय गिरावट आएको थियो, जुन माइनस २ डिग्री सेल्सियससम्म पुगेको थियो । यसका लागि जलवायु परिवर्तनको व्यापक प्रभावलाई जिम्मेवार मानिएको छ । 

बदलिँदो वायुमण्डलीय अवस्थाका कारण मरुभूमिमा हिमपातजस्ता असामान्य घटना भइरहेको विज्ञहरू बताउँछन् । यस वर्षको सुरुमा साउदी अरेबियाको राजधानी रियादमा अभूतपूर्व वर्षापछि ठूलो बाढी आएको थियो । दुबईले पनि यस्तै बाढीको सामना गर्‍यो, जुन यस क्षेत्रका लागि नयाँ अनुभव थियो ।

एजेन्सीहरूको सहयोगमा ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro