site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तिहारपछिको पहिलो सेयर कारोबार : नेप्से स्थिर, ६ समूहको परिसूचक घट्यो

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक स्थिर छ । मंगलबार झिनो ०.२१ अंकले बजार घटेर २६७७.४० विन्दुमा बन्द भएको हो । तिहारअघिको कारोबार दिन २६७७.६२ विन्दुमा बजार बन्द भएको थियो ।

आज चार अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । तिहारअघि कात्तिक १४ गते पाँच अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सुपर माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार १४० रुपैयाँ ७० पैसामा कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये वाणिज्य बैंक, विकास बैंक, इन्भेस्टमेन्ट, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

परिसूचक सर्वाधिक वृद्धि निर्जीवन बिमा समूहको भएको छ । यो समूहको परिसूचक १.०१ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro