site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार
फाइल तस्बिर ।

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ । 

लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदा लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको रास्वाको आरोप छ । लामिछाने पक्राउको विरोधमा एकबद्ध हुन आह्वान गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ । कास्कीमा बयान सकिनेबित्तिकै लामिछानेलाई रुपन्देही लैजाने तयारी प्रहरीको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro