site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको डालसमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो ।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे । अर्का ओपनर आसिफ शेख ६ रनमा बनाएर आउट भए ।

कुशल भुर्तेल २९ रनमा बोल्ड आउट भए । कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए ।

सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले पनि जित्न पर्याप्त रहेन । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए ।

अमेरिकाका सौरभ नेत्रवालकरले ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली २–२ तथा जसदीप सिंह र हरमीत सिंहले १–१ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो ।

अमेरिकाका युवा ब्याटर साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।

कप्तान मोनांक पटेलले ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए ।

हरमीत सिंहले ४४ बलमा ३ चौका र ३ छक्कासहित ५९ रनको आक्रामक इनिङ खेले ।

नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

नेपालले अब अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro