site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजारमा छोइसक्नु छैन भाइमसला, आधा किनेर काम चलाउँदै उपभोक्ता !

काठमाडौं । यस वर्ष तिहारमा भाइमसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ । काठमाडौंको असनमा बर्सौंदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गत वर्षभन्दा यस वर्ष भाइमसलाको मूल्य बढेको बताएका हुन् ।

Byapari-1730461890.jpg
भाइमसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाइमसलाको मूल्य बढेको हुन सक्ने बताए । महँगी कारण ग्राहले पोहोरको तुलनामा कम भाइमसला किनिरहेको उनको अनुभव छ ।

"यसपालि मसलाको भाउ निकै महँगो छ, पोहोर सालको तुलनामा । त्यही भएर मानिसहरूले किन्न सक्दैनन् । पोहोर एक किलो लिने मानिसले यसपटक आधाकिलो मात्रै दिनुस् भन्छन् । त्यसो भएकाले यसपटक बिजनेस डाउन नै देखिन्छ," उनले भने ।

Mulya-1730460981.jpg
 

बजारमा यस वर्ष प्रतिकेजी काजुको मूल्य दुईहजार २०० रुपैयाँ छ । बदाम एक हजार ७००, किसमिस ६००, ओखर ५५० रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरी, प्रतिकेजी ओखरगुदी एकहजार ५००, अनजिर दुईहजार २००, खुरपानी एकहजार, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना दुईहजार, दालचिनी ८०० मूल्यमा किनबेच भइरहेको छ ।

यी सबै सामग्रीको मूल्य गत वर्षको तुलनामा करिब २५–३० प्रतिशत बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ ।

Vai-Masala-1-1730461890.jpg
यता, ग्राहकहरूले पनि यस वर्ष भाइमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् । उनीहरूले भाइमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरूलाई आग्रह गरिरहेका छन् ।

"निकै महँगो छ । निकिनी पनि नहुने, किनम भने छोइसक्नु छैन," असनमा भेटिएकी काँडाघारीकी रेखा राउतले भनिन्, "यति धेरै किन महँगो भएको होला ?"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro