बाह्रखरी फोटो
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन कुकुरलाई पूजासहित मिठामिठा खानेकुरा खान दिएर कुकुरतिहार मनाइएको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
यसैबीच, कुकुरतिहारका अवसरमा प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगन्जमा कुकुरपूजा गरिएको छ । अपराध अनुसन्धान तथा खोजीकार्यमा यो वर्ष उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१ १३:०९
प्रतिक्रिया दिनुहोस्