site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनामा साढे २७ हजार विद्यार्थीलाई विदेश पढ्न अनुमति 

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असोजसम्म साढे २७ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०८१ साउन १ गतेदेखि ०८१ असोज ३० सम्म २७ हजार ७२७ वटा एनओसी जारी भएको उल्लेख छ । 

यस अवधिमा ७० वटा विषय पढ्न नेपाली विद्यार्थी ५६ वटा देश गएका छन् । तीमध्ये सबैभन्दा धेरै ९ हजार ६३८ जनाले जापानका निम्ति एनओसी लिएका छन् । 

विद्यार्थीको दोस्रो रोजाइमा यूके छ । यूके जान सो अवधिमा पाँच हजार ४५३ विद्यार्थीले एनओसी लिएका छन् । दोस्रोमा अमेरिका छ, सो मुलकका निम्ति तीन हजार ६४ वटा एनओसी जारी भएको छ । 

यस्तै, अष्ट्रेलियाका निम्ति दुई हजार २६२, भारतका निम्ति एक हजार ४४७, कोरियाका निम्ति ९९४, क्यानडाका निम्ति ९११, यूएईका निम्ति ६७१ र फ्रान्सका निम्ति ५१९ वटा एनओसी जारी भएका छन् । 

यीबाहेक अन्य मुलुक जान एनओसी लिनेको संख्या ५०० भन्दा कम छ । सबैभन्दा धेरै ९ हजार ९४ वटा एनओसी जापनिज् भाषा विषयमा जारी भएको छ । यस्तै, म्यानेज्मेन्टमा ६ हजार ८२९, बिजनेसमा एक हजार ८६९, साइन्समा एक हजार ५०९, हेल्थमा एक हजार १४२, इन्जिनियरिङमा एक हजार १३९ तथा आइटीमा एक हजार ५५ एनओसी जारी भएका छन् । 

यीबाहेकका विषय पढ्न एनओसी लिनेको संख्या एक हजारभन्दा कम छ । आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १२ हजार ५९३ विद्यार्थीले एनओसी लिएको मन्त्रालयको तथ्यांक छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro