site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साओमीको एसयू७ ईभीको प्रि–बिक्री सुरु, ११ मिनेटमा ८० प्रतिशत चार्ज हुने

काठमाडौं । साओमीको एसयू७ अल्ट्रा इलेक्ट्रिक सेडानको प्रि–बिक्री चीनमा सुरु भएको छ । सीएटीएलको ९३.७ किलोवाटआवरको ब्याट्री रहेको यो गाडीको डिस्चार्ज पावर १३३० किलोवाट छ ।

२० प्रतिशत ब्याट्री हुँदा समेत ८०० किलोवाट आउटपुट दिने गाडीमा ५.२सीको डीसी चार्जिङ छ, जुन ब्याट्रीको क्षमताको पाँच गुणाबढी चार्जिङ क्षमता हो ।

यसको ब्याट्री ११ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने बताइएको छ । गाडीमा रहेका तीन इलेक्ट्रिक मोटरले संयुक्तरुपमा ११३८ किलोवाट अर्थात् १५२६ हर्सपावर आउटपुट दिने बताइएको छ ।

१.९८ सेकेन्डमै गाडीले एक सय किलोमिटर प्रतिघण्टा र ५.८६ सेकेण्डमा २०० किलोमिटर प्रतिघण्टाको गति लिनसक्छ । यसको अधिकतम गति ३५० किलोमिटर प्रतिघण्टा छ ।

सन् २०२५ को मार्चमा सार्वजनिक हुने गाडीको मूल्य चीनमा १ लाख १४ हजार २०० अमेरिकी डलर छ ।

यसमा स्पोर्ट कारमा हालसम्मकै ठूलो कार्बन सेरामिक ब्रेक डिस्क छ । जसमा फ्रन्ट ब्रेक डिस्क ४३० एमएम र ४० एमएमको छ भने रियर ब्रेक डिस्क ४१० एमएम र ३२ एमएमको छ । यसको अधिकतम तापक्रम १३०० डिग्री सेल्सियसभन्दा बढी बताइएको छ ।

गोल्डम्यान स्याक्स लगानी बैंकले सन् २०२५ मा यो गाडीको ४००० युनिट बिक्री हुने पूर्वानुमान गरेको छ । तर, गाडीको प्रस्तुतिकरण सार्वजनिक भएको १० मिनेटमा ३ हजार ६८० अर्डर आएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro