अर्थ व्यवसाय
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बुधबार (आज) बसेको सञ्चालक समितिको बैठकले नौ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात् कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ १०:४२
प्रतिक्रिया दिनुहोस्