अर्थ व्यवसाय
काठमाडौं । हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले विद्युत् उपभोगको बक्यौता तिर्न निवेदन दिएका छन् ।
सरकारी स्वामित्वका हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा तिर्न नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका छन् ।
हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
बक्यौता तिर्न सुरुमा ताकेता गरे पनि नतिरेपछि प्राधिकरणले विद्युतलाइन काटेपछि उद्योगहरूले बक्यौता तिर्न सुरु गरेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ ०७:३९
प्रतिक्रिया दिनुहोस्