site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारीमा एक लाखसम्म बचत गर्नेको रकम फिर्ता गर्ने योजना बनाउँदै सरकार !

काठमाडौं । सहकारीमा एक लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गर्ने गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छलफल थालेको छ । दैनिक ज्याला तथा व्यापार गरेर सहकारीमा रकम जम्मा गर्ने बचतकर्ताहरूलाई लक्षित गरेर मन्त्रालयले बचत फिर्ताको योजना बनाउन थालेको हो ।

स्रोतका अनुसार, छलफलका क्रममा अर्थ मन्त्रालयले भने सरकारसँग पर्याप्त पैसा नभएको बताइरहेको छ । तर, सरकारले चाहेमा साना बचतकर्तालाई संरक्षण गर्ने नीति लिन सक्ने सहकारी मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

ती अधिकारीका अनुसार, सहकारीको समस्या हल गर्न तत्काल के गर्न सकिन्छ भनेर मन्त्रीसहितको छलफल भइरहेको छ । 

“सहकारीका साना बचतकर्तालाई राहत दिने गरी मन्त्रालयले योजना बनाइरहेको छ । त्यसका लागि अर्थमन्त्रीसँग पनि छलफल गर्ने तयारी छ,” ती अधिकारीले भने, “राज्यले चाहेमा सानो मात्रामा बचत गर्नेहरूको रकम फिर्ता गर्न सक्ने कुरा हो । नागरिकको सुरक्षा गर्नु सरकारको प्रमुख कर्तव्य पनि हो ।”

ठूलो मात्रामा सहकारीमा बचत गर्नेहरूको स्रोत खोज्नेबारे पनि छलफल भएको ती अधिकारी बताउँछन् । पर्याप्त प्रमाणको आधारमा यस्तो बचत फिर्ता गर्ने नीति राज्यले लिन सक्ने उनको भनाइ छ । यसका लागि कुनै कोषमा भएको पैसामा सरकार जमानी बसेर पनि निकासा गर्न सक्ने उनी बताउँछन् ।

बचतकर्ताको बचत फिर्ताको ऋण भने सहकारीका ऋणीबाट असुल गरेर राज्यले तिर्न सक्ने उनी बताउँछन् । यसै विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको उनको भनाइ छ । उच्च तहबाट निर्णय गरेर एक लाखसम्मको बचत फिर्ता गर्ने योजना बनाउन सकिने उनले बताए । त्यसका लागि अर्थमन्त्री, गृहमन्त्री, सहकारीमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बसेर छलफल गर्न सक्ने ती अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro