site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तासमा पनि विदेशकै भर, तिहारअघि पौने १२ करोडको नेपाल भित्रियो

काठमाडौं । तिहारअघि नेपालमा पौने १२ करोडको तास भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा उक्त रकम बराबरको तास नेपालले आयात गरेको हो । 

२०८१ को साउन, भदौ र असोज महिनामा ११ करोड ७७ लाख ५३ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । उक्त मूल्यमा ३९ लाख ८५ हजार ६०३ प्याकेट तास नेपाल भित्रिएको छ । 

Dabur Nepal
NIC Asia

बितेको तीन महिनामा तासबाट ६ करोड ९५ लाख १७ हजार रुपैयाँ राजस्व सरकारले उठाएको छ । 

नेपालमा चीन, भारत, बेलायत र अमेरिकाबाट तार आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा चीनबाट १० करोड ६३ लाख ९८ हजार रुपैयाँ र भारतबाट एक करोड १३ लाख ५० हजार रुपैयाँको तास नेपाल भित्रिएको छ । 

गत आर्थिक वर्ष २०८०/०८१ को सोही अवधि (साउन, भदौ र असोज)मा नेपालले विभिन्न देशबाट १४ करोड ४९ लाख ३२ हजार रुपैयाँको तास आयात गरेको थियो । उक्त मूल्यमा ५२ लाख ४७ हजार ४८० प्याकेट तास नेपाल भित्रिदा सरकारले आठ करोड ७१ लाख ५६ हजार रुपैयाँ राजस्व उठाएको थियो ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष दुई करोड ७१ लाख ७९ हजार रुपैयाँ कमको तास नेपालले आयात गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालले ३२ करोड १८ लाख ८७ हजार रुपैयाँमा एक करोड ११ लाख ७२ हजार ३३७ प्याकेट तास आयात गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro