site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विष्णुमती करिडोरबाट स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रहरीले स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुको टोलीले डल्लुस्थित विष्णुमती करिडोरबाट काठमाडौं महानगरपालिका–८, पशुपतिका २५ वर्षीय अभय प्रधानलाई पक्राउ गरेको हो ।

नियमित चेकिङमा रहेको प्रहरीको टोलीले सोमबार जाँच गर्दा प्रधानले चलाएको प्रदेश ०२–०३१ प ५१४८ नम्बरको स्कुटरको डिकीबाट स्रोत नखुलेको रकमसहित उनलाई पक्राउ गरेको हो । प्रधानलाई मंगलबार थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro