site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
थाइल्यान्डमा हवाई यात्राका लागि ‘बायोमेट्रिक प्रणाली’ सुरु

बैंकक । यात्रुहरूलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले आफ्ना ६ वटा प्रमुख विमानस्थलमा ‘नयाँ बायोमेट्रिक पहिचान प्रणाली’ सुरु गर्ने तयारी गरेको छ ।

थाइल्यान्ड एयरपोर्ट्स (एओटी)का अनुसार, आन्तरिक यात्रुहरूले नोभेम्बरदेखि स्वचालित बायोमेट्रिक पहिचान प्रणालीमा नामांकन गर्न सक्नेछन् । यसले यात्रु पहिचान गर्न अनुहार पहिचान प्रविधि प्रयोग गर्दछ । यो प्रणाली डिसेम्बरदेखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि पूर्ण रूपमा सञ्चालन हुने एओटी अध्यक्ष किराती कितमानवतले बताए ।

Dabur Nepal
NIC Asia

सन् २०२४ सेप्टेम्बरमा समाप्त भएको आर्थिक वर्षमा बैंककको सुवर्णभूमि र डन मुआङ विमानस्थलसहित ६ वटा अन्तर्राष्ट्रिय गेटवेमा ११ करोड ९२ लाख ९० हजारभन्दा बढी यात्रुहरूलाई सेवा दिइएको थियो । मुलुकको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक एओटीका अनुसार यो गत वर्षको समान अवधिको तुलनामा १९ दशमलव २२ प्रतिशतले बढेको छ ।

विशेषगरी अन्तर्राष्ट्रिय रुटहरूमा उडान कनेक्टिभिटी बढेकाले चालु आर्थिक वर्षमा १२ करोड ९९ लाख ७० हजार ९७ यात्रुको प्रक्षेपणका साथ विमानस्थल सञ्चालकले उच्च यात्रु सङ्ख्या समायोजन गर्ने अपेक्षा गरेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro