विदेश
अफगानिस्तान । दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुल भारी तौलका कारण भाँचिएर दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक आगा वली कुरिशीले बताए ।
पुलको जीर्ण अवस्था र ओभरलोडिङका कारण दुर्घटना भएको बताइएको छ ।
अफगानिस्तानमा सडक दुर्घटना सामान्य मानिन्छ । प्रायः खराब ड्राइभिङ, भिडभाड, सडकहरूमा यात्रुहरूका लागि सुरक्षा उपायहरूको अभाव, चुनौतीपूर्ण भू–भाग र पुराना सवारी साधनहरूको कारण दुर्घटना हुने गर्छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ २२:२२
प्रतिक्रिया दिनुहोस्