site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्युनिसिया समुद्री तटमा १५ आप्रवासीको शव फेला

ट्युनिस । ट्युनिसियाली समुद्री रक्षकहरूले पूर्वी तटीय प्रान्त महदियामा १५ आप्रवासीको शव फेला पारेका छन् ।

यीमध्ये आठ शव सलाक्तामा, ६ वटा चेब्बामा र एउटा मेलौलेकको तटमा फेला परेको महदिया र मोनास्टिर अदालतका प्रवक्ता फरीद बेन झाले बताए । मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ । 

कुहिएको अवस्थामा फेला परेका यी शवलाई पहिचानका लागि आवश्यक प्रक्रियाका लागि अस्पताल लगिएको उनले बताए ।

भूमध्य सागरमा अवस्थित ट्युनिसिया युरोपमा अवैध आप्रवासनका लागि सबैभन्दा लोकप्रिय ट्रान्जिट पोइन्टहरू मध्ये एक हो । रासस/सिन्ह्वा
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro