site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारप्रति निजी क्षेत्रमा चरम निराशा छ, पोखियो भने नियन्त्रण गर्न मुस्किल पर्ला : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढीपहिरो प्रभावित जलविद्युत् आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिकरण गर्न नसक्ने भए हात उठाउनुपर्ने बताएका छन् ।

सोमबार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काबीच ऊर्जा मन्त्रालयमा भएको छलफलमा सो कुरा बताएका हुन् । 

सरकारले बाढीपहिरोमा मात्र नभएर अन्य कुनै पनि मुद्दामा सहजीकरण नगर्दा निजी क्षेत्रका प्रवर्द्धकहरूमा निराशा र आक्रोश बढ्दै गएको उल्लेख गरे । सरकारले समयमै समस्या समाधान गर्न पहल नगरे भोलि नियन्त्रण नै गर्न नसक्ने गरी आक्रोश पोखिन सक्ने कार्कीले चेतावनी दिए ।

Dabur Nepal
NIC Asia

उनले आरसीओडीको म्याद किन नथपिएको, बाढीपहिरो प्रभावित आयोजनालाई राहत कहिले दिने, पीपीए कहिले खुलाउने, २०८४ भित्र विद्युत् उत्पादन नभए स्वतः टेक एन्ड पे हुने व्यवस्था कहिले हटाउने लगायतका प्रश्न मन्त्रीसामु राखेका थिए ।

नियामक निकाय धेरै हुँदा काममा ढिलाइ भइरहेकोले १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन सम्भव नहुने पनि कार्कीले बताए ।

पावर ट्रेडको बोटलनेक अन्त्य गर्न सकेमा अहिले देखिएका धेरै विषय समाधान हुने इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले बताए ।

भन्सार छुटको सुविधा बाढी प्रभावित आयोजनालाई मात्र नभएर सबैले पाउनुपर्ने इप्पान महासचिव बलराम खतिवडाले बताए ।

उनले असोज ११/१२ को बाढी मात्र नभइ यसअघि असार/साउन तथा गत वर्षको जेठ/असारमा आएको बाढीले क्षति पुर्‍याएका आयोजनाले पनि राहत र क्षतिपूर्ति पाउनुपर्ने भनाइ राखे ।

इप्पान प्रतिनिधिसँगको भेटमा निजी क्षेत्रले उठाएका सबै मुद्दामा सरकार गम्भीर रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए ।

२८ हजार ५०० मेगावाटको मार्गचित्र मन्त्रिपरिषद्‌मा पुगेको जानकारी दिँदै मन्त्री खड्काले बाढीपहिरोको कुरामा अर्थको सहमति र विपद् व्यवस्थापन समितिको रायका लागि पठाइएको पनि जानकारी गराएका थिए ।

आरसीओडीको म्याद थप, पीपीए खुलाउने, विद्युत् व्यापारको बोटलनेक हटाउने लगायतका मुद्दामा सरकार गम्भीर भएर लागि परेको मन्त्री खड्काको भनाइ थियो ।

उक्त छलफलमा सहभागी ऊर्जा सचिव सुरेश आचार्यले निजी क्षेत्रका धेरै विषय समाधान हुने गरी मन्त्रिपरिषद्‌मा लैजाने तयारी भइरहेको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro