site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा नागरिकको अवस्था ‘असहनीय’ : राष्ट्रसंघीय प्रमुख
फाइल तस्बिर ।

संयुक्त राष्ट्रसंघ । गाजापट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ‘स्तब्ध’ भएको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूको अवस्था असहनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही हप्तामा गाजामा सयौँ मानिस मारिएका छन् भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् । 

गाजामा इजरायलको सैन्य कारबाहीले विनाश र अभावले जबल्या, बेत लाहिया र बेत हानुन वरपरका प्यालेस्टिनीको जीवनको अवस्था अस्थिर बनाइरहेको र द्वन्द्व अन्तर्राष्ट्रिय कानुनको बर्खिलापमा जारी रहेको गुटेरेसले बताएका छन् । 

उनले द्वन्द्वरत पक्षहरूले मानवीय कार्यकर्ता तथा अग्रपंक्तिमा रहेर मानवीय सहयोगमा खटिएका व्यक्तिको सम्मान र सुरक्षा गर्नुपर्ने बताएका छन् ।  

गुटेरेसले तत्काल युद्धविराम, सबै बन्धकको बिना सर्त रिहाइ र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतको जवाफदेहिताका लागि समेत आह्वान गरेका छान् ।  रासस/सिन्ह्वा 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro