site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले रविलाई भ्रष्टाचारी भनेको छैन : सांसद प्रसाईं

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले कानुनभन्दा माथि कोही नहुने बताएकी छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सो कुरा बताएकी हुन् । 

उनले भनिन्, “कानुन त सबैलाई लाग्नुपर्‍यो नि । सरकारले रवि लामिछानेलाई भ्रष्टाचारी भनेको छैन । कानुनभन्दा माथि कोही छैन, पर्खनुपर्छ ।”

Dabur Nepal
NIC Asia

त्यस्तै, नेपाली कांग्रेसकै सांसद हृदयराम थानीले विभिन्न समयमा उठेको भ्रष्टाचारका काण्डहरूको अवस्थाका बारेमा प्रश्न गरेका छन् । 

उनले भने, “भ्रष्टाचारका काण्ड उठेको छ । गिरिबन्धु कहाँ पुगेको छ ? क्यानटोन्मेट कहाँ पुगेको छ ? यति, ओम्नी कहाँ पुग्यो ?” 

उनले अवस्था बदल्न नसकिएको विषयमा चासो व्यक्त गरे । उनले भने, “व्यवस्था बदल्यौँ, अवस्था बदल्न सकेका छैनौँ । जनता निराश छन् । चिनजान छैन भने कागज सर्दैन । फाइल सर्दैसदैन । सांसदको अवस्था यो छ, जनताको के होला ?”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro