site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविलाई थुनामा दुर्व्यवहार गरेको आरोपबारे कास्की प्रहरीले गर्‍यो खण्डन
फाइल तस्बिर ।

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले औपचारिक रूपमा प्रतिक्रिया जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले आफूहरू तथ्यपूर्ण अनुसन्धान गर्न सक्षम रहेको उल्लेख गरेका छन् ।

यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि प्रहरीले पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा समेत अनुसन्धान गरिरहेको छ । लामिछाने यसअघि संगठित अपराध र सहकारी संस्थाको बचत रकम दुरुपयोग प्रकरणमा मुछिएका थिए ।

लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले कात्तिक ८ गते थप सात दिनको म्याद दिएको छ । दोस्रोपटक म्याद थपका निम्ति लैजाँदा अदालत परिसरमा लामिछाने पक्षका वकिलले सामाजिक सञ्जालमा लाइभमार्फत असन्तुष्टि जनाएका थिए ।

सामाजिक सञ्जालमा पनि प्रहरीले अपशब्द बोलेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएकोलगायत विभिन्न भिडियो ‘भाइरल’ छन् । कास्की प्रहरीले सामाजिक सञ्जालमा भ्रमपूर्ण विचार सम्प्रेषण भएको जनाएको छ ।

यस्तो छ कास्की प्रहरीको विज्ञप्ति–
केही दिनयता विभिन्न सामाजिक सञ्जालहरूमा अनुसन्धानको क्रममा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री माननीय रवी लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिति २०८१/०७/०८ गते म्याद थप गर्न सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्नेजस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटकलगायत सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनुहुन सम्पूर्णमा अनुरोध गरिएको छ । नेपालको संविधान एवं प्रचलित ऐन, कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य–मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ । त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरूलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिनुहुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, कास्की हार्दिक अनुरोध गर्दछ ।

asfd-1730011026.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro