site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउदी अरेबियाको प्रशिक्षण जिम्मेवारीबाट मान्सिनीको राजीनामा

काठमाडौं । साउदी अरेबियाको मुख्य प्रशिक्षकबाट रोबर्टो मान्सिनीले राजीनामा दिएका छन् । बिहीबार इटालियन प्रशिक्षकले आपसी समझदारीमै क्लब छाडेका हुन् ।

५९ वर्षीय मान्सिनी सन् २०२३ मा साउदी पुरुष फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । जिम्मेवारीमा आएको १४ महिनापछि उनले साउदीको प्रशिक्षण छोडेका हुन् ।

साउदीले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट खेलिरहेको छ । साउदी समूह ‘सी’मा तेस्रो स्थानमा छ । पछिल्लो नतिजा आशालाग्दो नभएपछि मान्सिनी पछाडि हटेका हुन् ।

समूहमा जापानभन्दा साउदी पाँच अंकले पछि छ । साउदी, अस्ट्रेलिया र बहराइनको समान पाँच अंक छ ।

साउदी यसअघि घरमै जापानसँग २–० ले हार्दा अघिल्लो साता बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।

समूहबाट दुई टिमले सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन् । हरेक समूहका तेस्रो र चौथो टिमले अर्को चरण पार गर्नुपर्ने हुन्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro