site stats
बाह्रखरी :: Baahrakhari
देश
चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा आठजनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका अनुसार, धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो ।

आरोपितलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशंकामा अनुसन्धान थालिएको बताए । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्