site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लामखुट्टेको प्रजनन्‌स्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन्‌स्थल नष्ट गर्ने अभियान देशव्यापी रूपमा सञ्चालन गर्न आह्वान गरेका छन् ।

आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले लामखुट्टेको प्रजनन्‌स्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एकपटक सञ्चालन गर्न आह्वान गरेका हुन् ।

Argakhachi Cement Island Ad

“डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लामखुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एकपटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापी अभियानका रूपमा सञ्चालन गर्न सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिकसमेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु,” प्रधानमन्त्री ओलीले भने ।

नेपालका केही जिल्लामा हालसम्म पनि डेंगी रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनको भनाइ छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्