site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाएका छौँ : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाइएको बताएका छन् ।

बिहीबार मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । उनले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिसकेको र रातो बाँदरको हकमा प्रतिवेदन तयार भइ स्वीकृतिको क्रममा रहेको बताए ।

उनले कार्वन व्यापारमा निजी क्षेत्रसमेत समावेश गर्नेगरी वातावरण संरक्षण नियमावली, २०७७ संशोधनको अन्तिम चरणमा रहेको बताए । राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, २०८१ तयार भएको, बाह्य मिचाहा प्रजाति नियन्त्रण रणनीति, २०८१ तयार भएको, दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने विषय सम्पन्न भएको बताए । दिगो वन व्यवस्थापनको मापदण्ड तयार गरिएको पनि जानकारी दिए ।

मन्त्री ठकुरीले सय दिनको अवधिमा वन विकास कोषमा ६ करोड ५९ लाख ११ हजार २०४।४५ रुपैयाँ जम्मा भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro