site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबै प्लेटफर्मका लौयल्टी प्वाइन्ट फोनपोइन्ट्समा, ईसेवासँग सम्झौता
Tiktok banner adTiktok banner ad

काठमाडौं । एकीकृत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म फोनपोइन्ट्स र ईसेवाबीच एक सम्झौता भएको छ । यमे सम्झौताले लौयल्टी प्वाइन्ट्स प्रयोग गरी प्रयोगकर्ताले विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रिया सरल बनाउने भएको छ ।

प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्न नियमित रूपमा ईसेवामा दिईने लौयल्टी प्वाइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको कम्पनीले जनाएको छ ।

फोनपोइन्ट्सको सुरुआतसँगै कम्पनीले प्रयोगकर्तालाई लौयल्टी अभियानप्रति अझ बढी आकर्षित गर्न खोजेको कम्पनीको भनाइ छ ।

फोनपोइन्ट्सका सीईओ सागर पौडेलले यो प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका निम्ति सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यो प्रक्रिया सिधै फोनपोइन्ट्स एपबाट पनि गर्न मिल्ने भएका कारण प्रयोगकर्ताले सेवा प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

प्रयोगकर्ताले फोनपोइन्ट्स वा पार्टनर एपमार्फत आफूले कमाएको फोनपोइन्ट्सको विवरण हेर्न, विभिन्न अफर अवलोकन गर्दै फोनपोइन्ट्स प्रयोग गरी आफूले चाहेको अफरहरू प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोबारबाट आर्जन गरेकोे प्वाइन्ट्सलाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छाअनुसार व्यवस्थापन गर्दै आकर्षक अफरको उपभोग गर्ने अवसर फोनपोइन्ट्सले प्रदान गर्ने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro