site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् । मन्त्रालय सम्हालेको १०० दिनमा भएका कामबारे जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेका मन्त्री पाण्डेले धर्मशाला विवादबारे कानूनी र शान्तिपूर्ण समाधान खोज्ने गरी अध्ययन समिति गठन गरेको बताए ।

समितिले दिने प्रतिवेदनका आधारमा पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने उनको भनाइ छ ।

उनले पशुपति क्षेत्र विकास कोषले मन्त्रालयलाई नै जानकारी नदिई धर्मशाला सञ्चालनको व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई दिएको पनि उल्लेख गरे । उनले मारबाडी सेवा समिति अदालत गएकाले अदालतको आदेशलाई पनि सम्मान गर्दै अघि बढ्ने स्पष्ट पारे ।

अर्को प्रसंगमा उनले नेपाल वायुसेवा निगमलाई बलियो बनाउन अध्ययन भइरहेको र निगमलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने जिकिर गरे । निगम सञ्चालनका लागि कानूनी वा नीतिगत कमजोरीका साथै प्रशासनिक कमजोरीलाई पनि समाधान गर्ने उनले बताए ।

उनले आफ्नो सय दिनको कार्यकालमा नेपालको नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन काम सुरु गरेको दाबी गरे ।

हवाई क्षेत्र सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन भएको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमितरूपमा अन्तर्राष्ट्रिय उडान गराउन आवश्यक सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ ।

त्यस्तै, पर्यटन, संस्कृति तथा नागरिक उड्ययन क्षेत्रको समग्र सुधारका लागि आवश्यक कानूनी व्यवस्थाप्रति मन्त्रालयको विशेष ध्यान केन्द्रित भएको मन्त्री पाण्डेले बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro