site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सम्पत्ति विवाद : सिंगापुरका संस्थापक लि कुआन युका छोरा बने बेलायती शरणार्थी

काठमाडौं । आधुनिक सिंगापुरका संस्थापक नेता लि कुआन युका छोराले बेलायतमा शरण पाएका छन् । लि कुआनका छोरा लि सीएन याङले राजनीतिक रूपमा आफ्नो परिवार सिंगापुरमा सुरक्षित नभएको बताउँदै आएका छन् । उनले आफ्ना दाइ लि सीएन लुङसँग सम्पत्ति विवाद सामना गरिरहेका थिए । लि सीएन याङ अहिले बेलायतको राजधानी लन्डनमा बसिरहेका छन् ।

सन् २०१५ मा लि कुआनको मृत्यु भएपछि उनका जेठा छोरा लि सीएन लुङ र लि सीएन याङबीच सम्पत्ति विवाद चर्किएको थियो । उनीहरूको सम्पत्ति विवादको विषय सन् २०१७ मा सार्वजनिक भएको थियो ।

लि कुआनका जेठा छोरा लि सीएन लुङ सिंगापुरका पूर्वप्रधानमन्त्री पनि हुन् । उनी अहिले सिंगापुरको मन्त्रिपरिषद्मा वरिष्ठ मन्त्रीका रूपमा छन् । याङले आफ्ना दाइ तथा पूर्वप्रधानमन्त्री लुङले सत्ताको दुरुपयोग गर्दै आफ्नो परिवारलाई दुःख दिएको आरोप लगाउँदै आएका छन् । तर, सिंगापुर सरकारले भने उनको दाबी सत्य नभएको बताउँदै आएको छ । त्यसैगरी बेलायतमा शरण पाएका याङमाथि पनि सिंगापुरमा विभिन्न विषयमा अनुसन्धान चलिरहेको समाचार समेत बाहिरिएका छन् ।

यद्यपि, लि सीएन याङले बेलायतमा राजनीतिक शरण पाएको समाचार बाहिरिएपछि सिंगापुर सरकारले एउटा प्रेस विज्ञप्ति जारी गरेर याङ परिवार सिंगापुर आउन स्वतन्त्र रहेको बताएको छ । ली सीएन याङले आफूमाथि राजनीतिक प्रतिशोध साँधिने डरले बेलायतमा शरण मागेको दाबी गरेका छन् ।

विवाद किन ?
सन् २०१५ मा लि कुआन युको निधन भयो । मृत्यु अगाडि लि कुआन युले आफ्नो ऐतिहासिक घर भत्काउनु भनेर इच्छापत्रमा लेखेका थिए । तर, प्रधानमन्त्री रहेका ली सीएन लुङले आफ्ना बुबाको इच्छाविपरीत उक्त घर भत्काउन मानेन् ।

त्यसपछि लि कुआन युका कान्छा छोरा लि सीएन याङ र छोरी लि वी लिङले जेठा दाइले बुबाको इच्छाविपरीत काम गरेको आरोप लगाए । त्यसपछि चर्किएको यही विवादका कारण लि सीएन याङले बेलायतमा शरण माग्नु परेको हो । सन् २०१७ यता यो विवादले सिंगापुरको राजनीतिक नेतृत्वलाई पनि असर गरेको थियो, किनकी लि सीएन लुङले आफ्नो राजनीतिक शक्तिको दुरुपयोग गरेको भन्ने आरोप लाग्यो । तर, लि सीएन लुङले यी आरोपहरू अस्वीकार गर्दै परिवारको असहमति सार्वजनिक गर्न नचाहेको बताएका छन्  ।

लि कुआनको विरासतलाई लि सीएन लुङले आफ्नो राजनीतिक सम्पत्ति बनाएको आरोप लगाउँछन् लि सीएन याङ । यस विषयमा लि सीएन लुङ भने टिप्पणी गर्न चाहँदैनन् । सन् २०१७ को जुनमा उनले विज्ञप्तिमार्फत आफ्ना भाइले निजी पारिवारिक मामिलाहरू सार्वजनिक गरेर बुबाको विरासतमा चोट पु¥याएको बताउँदै आफू निराश भएको बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro