site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु
फाइल तस्बिर ।

बेरुत, जेरुसेलम । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा बुधबार बिहान १० जनाको मृत्यु भएको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले जनाएको छ ।

एनएनएका अनुसार इजरायली लडाकु विमानहरूले बिहानै नबातिह जिल्लाको माफदौन गाउँमा एक हुसैनियालाई ध्वस्त पारेर दुईजना मारेका थिए । यसबाहेक टायर जिल्लाको माराकेह गाउँमा इजरायली आक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

यसैबीच हिजबुल्लाहले दक्षिणी लेबनानको राब एल थालाथिन र अदाइसेह गाउँमा इजरायली साइटहरूलाई लक्षित गरेको बताएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) र इजरायली पुलिसले बुधबार पनि लेबनानबाट मध्य इजरायलको तेल अभिभ महानगरतर्फ प्रक्षेपण गरेको रकेटलाई रोकेका थिए । आक्रमण लगतै इजरायलमा हवाई रक्षा साइरनहरू १० शहरमा सक्रिय गरिएको थियो ।

इजरायल प्रहरीले तेल अभिभको उत्तरमा रहेको सहर हर्जलियामा इन्सेप्शनको भग्नावशेषबाट कारमा क्षति पुगेको जानकारी दिएको छ ।

आईडीएफका अनुसार लेबनानबाट उत्तरी इजरायलमा प्रहार गरिएका २५ थप रकेटमध्ये केहीलाई रोकिएको थियो । सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको बढ्दो आक्रमणमा गहन हवाई हमला सुरु गरेको छ ।

इजरायलले लेबनानको दक्षिणी र पूर्वी क्षेत्रहरूका साथै माउन्ट लेबनान र बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमणलाई तीव्र पारेको छ । साथै इजरायलले यस महिनाको सुरुमा दक्षिणी लेबनानसँगको सिमाना नजिकै भूमिगत अभियान सुरु गर्ने घोषणा गरेको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro