site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतलाई हराउँदै बंगलादेश समूह विजेता
SkywellSkywell

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई ३–१ ले हराउँदै साविक विजेता बंगलादेश समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन तोहुरा खातुनले दुई र अफिदा खन्डाकेरले एक गोल गरिन् । भारतकी बालादेवीले एक गोल फर्काएकी हुन् ।

खेलको १८औँ मिनेटमा अफिदा खन्डाकेरले गोल गर्दै साविक विजेतालाई अग्रतामा राखिन् । उनले राइट साइड बक्सबाट उत्कृष्ट चिप गोल गरिन् । पहिलो पटक साफ खेलिरहेकी अफिदाको यो बंगलादेशी टिमबाट डेब्यु गोलसमेत हो ।

KFC Island Ad
NIC Asia

२६औँ मिनेटमा रितु पोर्ना चक्माको प्रहार पोस्टमा लागेर फर्किँदा बंगलादेशले अग्रता दोब्बर बनाउन सकेन । लेफ्ट साइडबाट उनले भारतका तीन रक्षकलाई बिट गर्दै उत्कृष्ट प्रहार गरेकी थिइन् ।

२९औँ मिनेटमा भारतविरुद्ध बंगलादेशले अग्रता दोब्बर बनायो । रितुले लेफ्ट साइडबाट गरेको क्रसलाई बक्सभित्र अनमार्क रहेकी तोहुरा खातुनले सहजै जाली चुमाइन् ।

३५औँ मिनेटमा भारतकी बालादेवीले गोलका सुन्दर अवसर गुमाइन् । चानु सोरोखाइबामले लेफ्ट साइडबाट निकालेको क्रसमा बालाले ‘वान भर्सेस वान’ अवसरमा बंगलादेशी गोलकिपरलाई बिट गर्न सकिनन् । ३७औँ मिनेटमा मनिषाको फ्रिकक पोस्टमा लागेर फर्किदा भारतले गोलको अर्को अवसर गुमायो ।

४३औँ मिनेटमा तोहुराले गोल गर्दै बंगलादेशको अग्रतालाई ३–१ मा पुर्‍याइन् । सामसुनाहार जुनियरले मध्यभागबाट आएको बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै बक्स बाहिर रहेकी सविनालाई पास मिलाएकी थिइन् । सो बलमा कप्तान सविनाले १८ यार्ड बक्सको ठिक बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

त्यसको अर्को मिनेटमा बालादेवीले गोल गर्दै भारतलाई ३–१ को स्थितिमा ल्याइन् । दलिमा छिब्बरले राइट साइडबाट निकालेको क्रसलाई बंगलादेशकी गोलकिपरले पञ्च गरे पनि सोही रिबाउन्डमा बालाले हेडर गोल गरिन् ।

६२औँ मिनेटमा भारतकी ज्योती चौहानले गोलको सुन्दर अवसर गुमाइन् । पेनाल्टी बक्सबाट वान भर्सेस वानको स्थितिमा ज्योतीको प्रहारलाई बंगलादेशी गोलकिपरले उत्कृष्ट बचाउ गर्दै टिमको खतरा टारिन् ।

जितसँगै समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा चार अंक जोडेको छ । समान खेलबाट तीन अंक जोडेको भारतले भने उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । बंगलादेशको जितसँगै पाकिस्तान भने समूह चरणबाट बाहिरिएको छ । अब बंगलादेशले सेमिफाइनलमा समूह ‘बी’ उपविजेता र भारतले विजेतासँगै खेल्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro