site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतविरुद्ध साविक विजेता बंगलादेशको अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा साविक विजेता बंगलादेशले भारतविरुद्ध पहिलो हाफमा ३–१ को अग्रता बनाएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा बंगलादेशलाई अग्रतामा राख्न तोहुरा खातुनले दुई र अफिदा खन्डाकेरले एक गोल थपिन् । भारतकी बालादेवीले एक गोल फर्काएकी हुन् ।

खेलको १८औँ मिनेटमा अफिदा खन्डाकेरले गोल गर्दै साविक विजेतालाई अग्रतामा राखिन् । उनले राइट साइड बक्सबाट उत्कृष्ट चिप गोल गरिन् । पहिलो पटक साफ खेलिरहेकी अफिदाको यो बंगलादेशी टिमबाट डेब्यु गोल समेत हो ।

२६औँ मिनेटमा रितु पोर्ना चक्माको प्रहार पोस्टमा लागेर फर्किँदा बंगलादेशले अग्रता दोब्बर बनाउन सकेन । लेफ्ट साइडबाट उनले भारतका तीन रक्षकलाई बिट गर्दै उत्कृष्ट प्रहार गरेकी थिइन् ।

२९औँ मिनेटमा भारतविरुद्ध बंगलादेशले अग्रता दोब्बर बनायो । रितुले लेफ्ट साइडबाट गरेको क्रसलाई बक्सभित्र अनमार्क रहेकी तोहुरा खातुनले सहजै जाली चुमाइन् ।

३५औँ मिनेटमा भारतकी बालादेवीले गोलका सुन्दर अवसर गुमाइन् । चानु सोरोखाइबामले लेफ्ट साइडबाट निकालेको क्रसमा बालाले ‘वान भर्सेस वान’ अवसरमा बंगलादेशी गोलकिपरलाई बिट गर्न सकिनन् । ३७औँ मिनेटमा मनिषाको फ्रिकक पोस्टमा लागेर फर्किदा भारतले गोलको अर्को अवसर गुमायो ।

४३औँ मिनेटमा तोहुराले गोल गर्दै बंगलादेशको अग्रतालाई ३–० मा पुर्‍याइन् । सामसुनाहार जुनियरले मध्यभागबाट आएको बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै बक्स बाहिर रहेकी सविनालाई पास मिलाएकी थिइन् । सो बलमा कप्तान सविनाले १८ यार्ड बक्सको ठिक बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

त्यसको अर्को मिनेटमा बालादेवीले गोल गर्दै भारतलाई ३–१ को स्थितीमा ल्याइन् । दलिमा छिब्बरले राइट साइडबाट निकालेको क्रसलाई बंगलादेशकी गोलकिपरले पञ्च गरे पनि सोही रिबाउन्डमा बालाले हेडर गोल गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro