site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरा होइन, कानुनलाई गुरु मानेको छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली बसाल्नु प्राथमिकता रहेको बताएका छन् । सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजीको विषय नभएको बताए ।
 
“भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषयवस्तु होइन । यसले सुशासनको प्रणालीको रुपमा गति लिनुपर्छ,” उनले भने । 

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभएर कानुनलाई गुरु बनाएको बताए । “भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । भ्रष्टाचारी समातियो भन्ने केही समय हल्ला मच्चिने तर परिणाममा बढ्दै जाने अवस्था होइन,” उनले भने ।
 
ओलीले सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएले भ्रष्टहरुको मोर्चा बनेको पनि बताए । “भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्व सक्रिय रहेको हामीले देखिरहेका छौँ,” ओलीले भने, “सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएले भ्रष्टहरुको मोर्चा बन्नु बेग्लै कुरा हो ।”

राष्ट्रियता, सुशासन र विकासको काममा सरकारले कुनै सम्झौता नगर्ने ओलीको दाबी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro