-1749797960.jpg)
काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही प्रदेशमा भारी वर्षाको सम्भावना छ ।
विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी भूभागको एकदुई स्थानगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र सुदूपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।