site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेइमारको पुनरागमनमा अल–हिलालको जित

काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमार जुनियर लामो समयपछि मैदान उत्रिएको खेलमा अल–हिलालले साउदी प्रो–लिगमा ५–४ को रोमाञ्चक जित दर्ता गरेको छ ।

नेइमार सन् २०२३ को अक्टोबर ७ यता एसीएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट)को चोटका कारण मैदानबाट बाहिर भएका थिए । ३२ वर्षीय ब्राजिलियन फरवार्डले विश्वकप छनोटअन्तर्गत उरुग्वेविरुद्धको खेलका दौरान बायाँ घुँडामा यो चोट बोकेका थिए ।

उनी सोमबार राति भएको खेलमा हिलालबाट ७७औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । नेइमार सन् २०२३ को अगस्टमा पेरिस सेन्ट जर्मन (पीएसजी)बाट साउदी अरेबियन क्लबमा अनुबन्धित भएका थिए । चोटका कारण एक वर्ष मैदानबाट बाहिर हुनुअघि उनले अल–हिलालबाट पाँच खेल खेलेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro