site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
माल्दिभ्सविरुद्ध पाँच गोल गरेकी रेखा भन्छिन्– ७० प्रतिशत खुसी छु

काठमाडौं । माल्दिभ्सविरुद्ध पाँच गोल गर्दै ‘प्लेयर अफ दी म्याच’ चुनिएकी रेखा पौडेलले आफू आजको खेलबाट १०० मध्ये ७० प्रतिशत खुसी रहेको प्रतिक्रिया दिएकी छन् ।

साफ महिला च्याम्पिनयसिपमा नेपालले सोमबार माल्दिभ्सविरुद्ध ११–० को जित निकाल्दा रेखा एक्लैले पाँच गोल गरेकी थिइन् । योसँगै उनी हाल प्रतियोगिताको सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बनेकी छन् । खेलपछि भने उनले आफू प्रदर्शनबाट पूर्णरूपमा सन्तुष्ट बन्न नसकेको संकेत गरिन् ।

Dabur Nepal
NIC Asia

“पहिलो खेलमा हाम्रो प्रदर्शन आशाअनुरूपको हुन सकेन । जसले हामी सबै निराश थियौँ । म आजको मेरो प्रदर्शनप्रति मेरो सबै टिमका सहकर्मीलाई धन्यवाद दिन चाहन्छु । उनीहरूको साथबिना यो सम्भव थिएन । आजको प्रदर्शनबाट १०० मध्ये ७० प्रतिशत खुसी छु,” रेखाले भनिन् ।

नेपालको जितमा रेखाबाहेक, प्रीति राईले पनि ह्याट्रिक गरिन् । यस्तै, सविता रानामगर, अनिता केसी र अमिषा कार्कीले समान एक गोल थपिन् ।

जितसँगै नेपाल समूह ‘बी’को शीर्ष स्थानमा समेत उक्लिएको छ । नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समान खेल खेल्दा पनि अंकविहीन माल्दिभ्सको भने सेमिफाइनल सम्भावना समाप्त भएको छ । योसँगै माल्दिभ्स प्रतियोगिताको समूह चरणबाट बाहिरिने पहिलो टिमसमेत बनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro