site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी उमेदवार घोषणा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले अध्यक्षको उमेदवार घोषणा गरेको छ । ग्रामथानको तेतरिया बजारमा सोमबार सभा आयोजना गरी माओवादीले नमोनारायण माझीलाई उमेदवार बनाउने घोषणा गरेको हो । 

माझी ग्रामथान गाउँपालिका वडा नम्बर १ काम यसअघि कांग्रेसबाट वडाध्यक्ष थिए । गत २०७९ सालको निर्वाचनमा स्वतन्त्ररूपमा ग्रामथान गाउँपालिका अध्यक्षमा उठेका उनी तेस्रो बनेका थिए ।

माझी कांग्रेस परित्याग गरी माओवादी प्रवेश गरेका हुन् ।

निर्वाचन आयोगले यही मंसिर १६ गते उपनिर्वाचन घोषणा गरेको छ । ०७९ सालमा कांग्रेस जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

सोमबार आयोजित उमेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्री कुमार काफ्ले, पूर्वमन्त्री अमनलाल मोदी, विजय विश्वासलगायत सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro